logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

    हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

    2.4K
    Shares

    न्यू याेर्क ।  अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन् । 
    प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चाड लगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए । 

    ‘राजनीतिक विवाद र सशस्त्र द्वन्दका कारण मध्य अफ्रिकाका हजारौ मानिस विस्थापित भएका छन्,’ नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने । राजनीतिक विवाद र हिंसात्मक द्वन्दका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन । ती मध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उनले बताए । 

    हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चाड लगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाई छ । राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend