काठमाडाैं । आर्मीले पहिलोपटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । चार पटक यस प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले पहिलो पटक एकल उपाधि हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सशस्त्रले १ सय ७८ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । प्रतियोगितामा अपराजित रहेको सशस्त्र फाइनलमा ३३ रनले पराजित भएकाे हाे ।