काठमाडौं । आज ६८ औं विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९५४ देखि विश्वभर मनाउन थालिएको कुष्ठरोग दिवसका अवसरमा सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ ।
यस दिवस मनाउन थाले यता विश्वभर कुष्ठरोग निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आएको विश्वास गरिएको छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिक सन २०१० मा नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि तराईका केही जिल्लामा कुष्ठरोग चुनौतीका रुपमा रहेको छ । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।
नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेको सरकारी तथ्याङ्क छ ।