logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्पेनिस ला लिगा  : रियल मड्रिड रियल लेभान्टेसँग पराजित

    स्पेनिस ला लिगा  : रियल मड्रिड रियल लेभान्टेसँग पराजित

    1.9K
    Shares

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

    शनिबार राति भएको खेलमा नवौं मिनेटमा इडेर मिलिटाओले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा पहिलो गोल गरेर १-० को अग्रता दिलाए पनि जित भने दिलाउन सकेनन् ।

    खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।  हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

    एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ । लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend