logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • बर्डफ्लू संक्रमण पुष्टि भएपछि कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

    बर्डफ्लू संक्रमण पुष्टि भएपछि कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

    3.2K
    Shares

    काठमाडाैं । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

    संक्रमण फैलन सक्ने जोखिम ध्यानमा राखेर मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह पनि गरेको छ ।

    रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको जनाइएकाे छ ।

    birdflu-pashupanchhi 1.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend