logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रतिनिधिसभा विघटनविरुद्ध साेमबार कांग्रेसका १३ भातृ संस्थाले देशभर प्रदर्शन गर्ने 

    प्रतिनिधिसभा विघटनविरुद्ध साेमबार कांग्रेसका १३ भातृ संस्थाले देशभर प्रदर्शन गर्ने 

    2.3K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भातृ संस्थाले साेमबार देशभर प्रदर्शन गर्ने भएका छन् । १३ ओटै भातृ संस्थाले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदशर्नमा सहभागी हुन संयुक्त अपिल पनि गरेका छन् ।

    नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध हुने प्रदर्शनमा सहभागिताका लागि अपिल गरेका हुन् ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा हामी निरन्तर आन्दोलनमा छौँ’ संयुक्त अपिलमा भनिएको छ, ‘यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामा एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।’

    अपिलमा सरकारले चरम भ्रष्टाचार गरेको, भ्रष्टाचारलाई बढावा दिएको तर जनसरोकारका विषयमा उदासीनता भएर बसेको आरोपसमेत लगाइएको छ ।

    congress 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend