logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • ‘प्रचण्ड’विरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता 

    ‘प्रचण्ड’विरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता 

    1.5K
    Shares

    काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ । 

    विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको जनाइएकाे छ । प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए ।

    यसअघि सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।

    अदालतले लिखित जवाफसहित सात दिनभित्रमा उपस्थित हुन आदेश जारी गरिसकेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend