logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति 

    सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति 

    2.1K
    Shares

    काठमाडौं माघ १९ । संवैधानिक परिषदले सिफारिस गरेको निर्णय फिर्ता पठाउने सभामुख अग्नि सापकोटाको एकल निर्णयप्रति राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाका सभामुखको उक्त निर्णय नेपालको संविधान, सघीय संसदको संयुक्त बैठक र संयुक्त समिती (कार्यसञ्चालन) नियमावली, २०७५ विपरित भएको भन्दै अध्यक्ष तिमल्सिनाले गम्भिर आपत्ती जनाएका हुन् ।

    तिमल्सिनाले सोमबार एक प्रेस नोट जारी गर्दै आपत्ती जनाएका हुन् । प्रेस नोटमा भनिएको छ, ‘सुनुवाइका लागि संवैधानिक परिषदले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्विकार र फिर्ता गर्ने कानूनी व्यबस्था छैन ।’
    राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । ‘हिजोको पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो’, उनले भनेका छन् ।

    press note 2.jpg

    press note 22.jpg

    याे पनि हर्नुहाेस् 

    सभामुख सापकाेटाद्वारा संवैधानिक निकायका नियुक्ति फिर्ता

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend