logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • बख्तरबन्द गाडीको अभ्यासका लागि सेनाले रोजेको माघ १९ को संयोगको संशय

    बख्तरबन्द गाडीको अभ्यासका लागि सेनाले रोजेको माघ १९ को संयोगको संशय

    2.3K
    Shares

    काठमाडौं । साेमबार राती नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा नियमित अभ्यासका लागि निस्कने भएकाे छ ।

    युद्ध र अन्य संकटका बेला प्रयोग गरिने ‘बख्तरबन्द’ गाडीहरूको प्रयोगसम्बन्धी अभ्यास गर्न नेपाली सेनाको बख्तरबन्द गाडीहरु राजधानीको चक्रपथमा निस्कने भएकाे नेपाली सेनाले जनाएकाे छ । 

    आउँदाे बुधबार पनि देशका विभिन्न स्थानका ८ वटा पृतना अन्गर्तगतका मेकनाईज्ड युनिटहरूले बख्तरबन्द गाडी देशका विभिन्न स्थानबाट सडकमा निकाल्ने बताइएको छ ।

    सोह्र वर्षअघि २०६१ सालमा माघ १९ का दिन तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्यूत गरी शासनसत्ता हत्याएका थिए । त्यसदिन पनि सडकमा सेनाका बख्तरबन्द गाडी निस्केका थिए, जताततै सैनिक तैनाथ थिए । 

    आज माघ १९ का दिन नै म्यानमारमा पनि सेनाले शासनसत्ता हत्याएकाे छ । इतिहास भएको माघ १९ धेरै नेपालीको स्मरणमा भइरहेकाे बेलामा नेपाली सेनाकाे बख्तरबन्द गाडीहरु राजधानीमा देखिने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend