logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • म्यानमारमा सैन्य कू : सरकार माैन, कुन नेताले के भने ? 

    म्यानमारमा सैन्य कू : सरकार माैन, कुन नेताले के भने ? 

    2.5K
    Shares

    काठमाडाैं । म्यानमारमा सेनाले सत्ता कब्जा गरेर साेमबार सैन्य कू गरेकाे छ । लामो समयदेखि सरकार र सेनाबीच भइरहेको तनावपछि सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीसहित जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएकाे हाे ।

    राष्ट्रपतिलगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरेकाे छ। म्यानमार टाइम्सका अनुसार संकटकाल अवधिभर कार्यकारी शक्ति सेना प्रमुखमा रहेपनि राष्ट्रपतिको अधिकार अस्थायी रुपमा उपराष्ट्रपति यु मिन्ट सूले प्रयोग गर्नेछन् । 

    सेनाले गरेको ‘कू’ को विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, भारत लगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् ।

    नेपाल सरकारले अहिलेसम्म यसबारे आधिकारिक धारणा प्रस्तुत गरेकाे छैन । यद्दपी केही नेताहरुले भने आफ्ना धारणा प्रस्तुत गरेका छन् । 

    कसले के भने ? 

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको सैन्य कूकाे विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘सबैले यसलाई साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्छ ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले पनि म्यानमारमा गरिएको सैनिक कू को निन्दा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभापति देउवाले सुकीलाई तत्काल रिहा गर्न सेनासँग माग पनि गरेका छन् ।

    नेकपा नेता तथा पूर्वमन्त्री याेगेश भट्टराईले म्यानमारको सैन्य कू प्रजातन्त्र र मानिसको जीवनमाथिको हमला भएकाे बताएका छन् । उनले सेना ब्यारेकमा फर्कन र प्रजातन्त्र पुन: लागु गर्न पनि भनेका छन् । 

    भट्टराईले ट्वीटरमार्फत २१ औँ शताब्दीमा प्रजातन्त्र कसैलाई शासक बनाउने प्रकृया मात्र नभएकाे र प्रजातन्त्र हरेक मानिसको जीवन पद्धती बन्न पुगेको पनि उल्लेख गरेका छन् ।

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामशरण महतले पनि लाेकतान्त्रिक युगमा पनि यस किसिमकाे समाचार भनी टिप्पणी गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend