logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • म्यानमारमा प्रजातन्त्र पुनःस्थापना गर्न जापानले गर्यो आग्रह 

    म्यानमारमा प्रजातन्त्र पुनःस्थापना गर्न जापानले गर्यो आग्रह 

    2.7K
    Shares

    टोकीयो । जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटाे पुनःस्थापना गर्न आग्रह गरेको बताइएको छ । 
    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा समर्थन गर्दै आएको र म्यान्मार पुनः पछाडी फर्केको यस कार्यको बिरोध गरेको जनाइएको छ ।

    टोकियोमा सयौं प्रदर्शनकारीहरुले संयुक्त राष्ट्र युनिभर्सिटीबाहिर प्रदर्शन गर्दै सोमबार सेनाले नियन्त्रणमा लिएको आङ सान सुकीको रिहाईको लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको छ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । 

    जापानले लामो समयदेखि म्यान्मारसँग सम्बन्ध राख्दै आएको र पर्याप्त सहायता र निजी लगानी गर्दै आएको छ । रासस   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend