काठमाडौं । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको प्रचण्ड-नेपाल समूह मंगलबार निर्वाचन आयोग पुगेको छ । प्रचण्ड-नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको हो ।अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् ।
नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।
आयोगमा केपी ओलीलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको र महासचिव विष्णू पौडेललाई पदबाट हटाएको जानकारीसमेत गराएका थिए।