काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक डाकेका थिए । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले बैठक बाेलाएका थिए ।
बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाे राष्ट्रिय सभा सचिवालय स्रोतले जनाएकाे छ ।