logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • न्यायाधीश सिन्हाको प्रश्न : अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले ?

    न्यायाधीश सिन्हाको प्रश्न : अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले ?

    2K
    Shares

    काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटन भएको जिकिर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन् । आइतबारबाट सरकारको पक्षको बहस शुरू भएको हो । 

    उनले संसदबाट सरकार बन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका छन् ।  उनले यस्तो दाबी पटक–पटक दाहोर्‍याइरहँदा न्यायाधीश अनिल सिन्हाले उनलाई त्यस्तो अवस्था कसरी देखिन्छ भन्दै प्रश्न गरेका छन् ।

    ‘अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले ?, सिन्हाको प्रश्न थियो ।  

    जवाफमा उनले ०५२ सालको विघटनको सन्दर्भ उठाएपछि सिन्हाले प्रतिप्रश्न गर्दै हरेक प्रश्नको जवाफका लागि ०५२ सालमा फर्किएर हुन्छ भन्दै सोधेका थिए । त्यसपछि खरेलले प्रधानमन्त्रीले धेरै प्रयत्न गर्दा पनि संसदबाट आउनुपर्ने कुरा नआएको र विघटन बाध्यतावश चालेको कदम भएको बताए ।

    आइतबार दिनभर बहस गरेका उनले प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको जिकीर गरे । पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाे थियो । १३ दिन विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि आइतबारबाट सरकार पक्षले बहस गरिरहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend