logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • दुर्व्यवहार गर्ने युट्युब पत्रकार रसाइलीविरुद्द सुष्मा कार्कीले दिइन् उजुरी 

    दुर्व्यवहार गर्ने युट्युब पत्रकार रसाइलीविरुद्द सुष्मा कार्कीले दिइन् उजुरी 

    2.1K
    Shares

    काठमाडौं माघ २० । अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट तथा दुर्व्यबहार गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रमाइलो छ युट्युब च्यानलका सञ्चालक उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले उत्सव रसाइलीले आफूलाई पहिलेदेखिनै टार्गेट गरीरहेको जिकीरसमेत गरेकी छन् । 

    कार्कीले मंगलबार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

    उनीहरुबीच सोमबार राति दरबारमार्गस्थित लण्डन पबमा झगडा भएको थियो । आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गको भनाइ छ । 

    आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको र गुण्डा ल्याएर पिट्ने धम्की दिएको भन्दै सुष्माले उजुरी दिएकी हुन् । उनले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सोमबार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा उनीहरुसंग सुष्माको संयोगवश भेट भएको थियो । 

    उनीहरुबीच सामान्य कुराकानी भइरहेकाे बेलामा आरती आकस्मिक रुपमा आफूमाथि जाइलागेर कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend