logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • खेलाडीलाई प्रधानमन्त्री साेध्छन् : लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ?

    खेलाडीलाई प्रधानमन्त्री साेध्छन् : लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ?

    2.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया सम्बोधनका क्रममा ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

    खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गरी उनले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए । हार जितको ठूलो महत्व रहेको र नेपाल नहारेको देश रहेकाले खेल पनि जितका लागि खेल्न खेलाडीहरुसँग आग्रह गरे । उनले भने ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ?’ 

    अशान्ति जित र हारका आधारमा हुने भन्दै उनले भने ‘संसद भंग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराइरहेका छन् त्यो जितका लागि हो ।’

    उनले जितका लागि अतिआवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । साथै, उनले नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव पनि दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend