logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • छ महिनामा ५१९ मुद्दा फैसला

    छ महिनामा ५१९ मुद्दा फैसला

    3.4K
    Shares

    मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा  थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फर्छ्याैट भएको  अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
     
    गत  आर्थिक वर्ष  दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फर्छ्याैट गरिएको हो । गत  आवमा फर्छ्याैट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवकोे पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।  

    अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिँदै भट्टराईले  सबै किसिमका मुद्दाहरु छ महिनादेखि एक वर्षभित्र फर्छ्याैट गर्ने गरी काम भइरहेको बताए । कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित  भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए । अघिल्लो आवबाट  जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो  १६ मुद्दा फैसला हुन बाँकी छ । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ ।  रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend