न्यू याेर्क । चीनले आपत्ति जनाएपछि म्यान्मारमा भएको सैन्य कूको निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् असफल भएको छ। मङ्गलवार राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकबाट चीनको समर्थन नभएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद संयुक्त वक्तव्य निकाल्न असफल भएको हो। बैदेशिक हस्तक्षेपले म्यानमारको अवस्था झन् बिग्रने बताउँदै चीनले संयुक्त बक्तव्यमा असहमति जनाएको हो ।
म्यान्मारको सेनाले सोमवार आङ सान सुकी र गत नोभेम्बरमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरूलाई गिरफ्तार गरेर शासन हातमा लिएको छ ।
सैनिक कूका नेताहरूले मन्त्रिपरिषद्भन्दा माथि रहने गरी सर्वोच्च परिषद् स्थापना गरेका छन्।
म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।
म्यानमारको सेनाले फेब्रुअरी १ मा शक्ति हत्याएपछि विश्वब्यापी रुपमा विरोध भइरहेको छ ।