logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • सडकका डिभाइडर हटाएर सरकारले शक्ति प्रदर्शन गर्दै

    सडकका डिभाइडर हटाएर सरकारले शक्ति प्रदर्शन गर्दै

    2.1K
    Shares

    काठमाडौँ माघ २२ । प्रतिनिधिसभा विघटन लगत्तै विभाजित हुन पुगेको नेकपाले आ-आफ्नो तवरबाट शक्ति प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा माघ २३ गते गर्ने भनिएको, प्रधानमन्त्री केपी ओलीकै भाषमा  ‘खास शक्ति प्रदर्शन’का लागि नारायणहिटीको आँगन रोजेका उनले त्यहाँका सडकका डिभाइडहरु पूर्णरुपमा झिक्न लगाएका हुन् ।

    दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । हटाइएका डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शक्ति प्रदर्शनका नाममा सडकमा वर्षौदेखि रहँदै आएका फलामका स्थायी डिभाइडरहरु निकालिएपछि सडकको संरचनालाई नै अब्यवस्थित गराएको भन्दै सरकारको यस कार्यको विरोध भएको छ ।  

    यसका अलवा, सरकारकै नेतृत्व गरेको पार्टीले शक्ति प्रदर्शनका लागि सडक रोजेको भनेर चौतर्फी आलोचनासमेत भइरहेको छ । यसअघि ओलीले बुधबार काठमाडौमा आफ्नो तस्विरसहित मोटरसाइकल  र्‍यालीसमेत गरेका थिए ।  कतिपयले त्यसलाई ‘पञ्च र्‍याली’ तथा ‘शाही सवारी’को  संज्ञा दिएका छन् । 

    डिभाइडर निकालिएपछिको दरबारमार्गको सडक तस्विरमा हेर्नुहोस्: 

    IMG_8279.JPG

    IMG_8275.JPG

    IMG_8272.JPG

    IMG_8266.JPG

    IMG_8217.JPG

    IMG_8214.JPG

    IMG_8207.JPG

    IMG_8268.JPG

    तस्विरः रमेश केपी, सुनौलो नेपाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend