logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • प्रतिनिधिसभा विघटन मुद्धा : प्रधानन्यायाधीशले सरकारी वकिललाई तोके समय

    प्रतिनिधिसभा विघटन मुद्धा : प्रधानन्यायाधीशले सरकारी वकिललाई तोके समय

    2.1K
    Shares

    काठमाडाैं । प्रतिनिधिसभा विघटन मुद्धामा बहस भइरहँदा प्रधानन्यायाधीशले सरकारी वकिललाई समय ताेकेका छन् ।

    शुक्रबारको इजलास सकाउँदै प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले आइतबारबाट समय निर्धारण हुने बताए । उनले भने, ‘आइतबारबाट समय निर्धारण हुन्छ । आज जस्तो जति पनि समय हुन्न । अब बाकी ४ जना तपाइँहरुलाई १०/१५ मिनेट समय हुन्छ । प्रधानमन्त्रीको तर्फबाट पनि धेरै हुनुहुन्छ ।’ 

    १० जना सरकारी वकिलमध्ये अब ४ जना बाँकी छन् ।

    १० जना सरकारी वकिलमध्य नारायण पौडेल, बिश्वराज कोइराला, पदमप्रसाद पाण्डे, सन्जिव रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरेका छन् । यसको अलावा महान्यायाधिवक्ता अग्नि खरेल र प्रधानमन्त्रीका कानुन ब्यावसयी सुशील पन्तले पनि प्रतिनिधि सभा विघटनसम्बन्धि रिटमा सरकारको प्रतिरक्षामा बहस गरेका छन् । 

    सर्वाेच्च प्रशासनका अनुसार प्रधानमन्त्रीको तर्फबाट बहस गर्न १७५ जनाले वकालतनामा लेखाएका छन् भने १० जना सरकरी वकिल रहेका छ्न् । महान्यायाधिवक्ता समेत गरी सरकारको प्रतिरक्षामा १८६ जनाले बहस गर्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend