काठमाडाैं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले हेर्थालाई उसकाे मैदानमा १–० गोलले हराएको हाे । बायर्नलाई जिताउन कोमानले २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले २० खेलमा ४८ अङ्क जोडेको छ । पराजित हेर्था भने १७ अंकसहित १५ औँ स्थानमा रहेकाे छ ।