logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • भागरथी हत्याकाे तत्काल अनुसन्धान गरी दाेषीमाथि कारबाही गर्न देउवाकाे माग 

    भागरथी हत्याकाे तत्काल अनुसन्धान गरी दाेषीमाथि कारबाही गर्न देउवाकाे माग 

    2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

    उनले शनिबार आफ्नो ट्वीटर ह्यान्डलबाट घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । उनले लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’

    देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी २१ गते विद्यालय गएपछि घर फर्किनन् । विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो ।

    उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend