काठमाडौं । सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन् ।
पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ ।
खोप विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने बताइएकाे छ ।