logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • रामकुमारी झाँक्रीलाई पक्राउ गर्न खोजेपछि समर्थकको नाराबाजी ”केपी चोर देश छोड”

    रामकुमारी झाँक्रीलाई पक्राउ गर्न खोजेपछि समर्थकको नाराबाजी ”केपी चोर देश छोड”

    3.1K
    Shares

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ तयारी थालेको छ । रामकुमारी झाँक्रीलाई पक्राउ गर्न खोजेपछि समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्द र राष्ट्रपति बिरुद्द पनि नारावाजी गरेका छन्। 

    बिहीबार बिहान १० बजे बोलाइएपनि उपस्थित नभएपछि घरमै गएर पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।  झाँक्रीलाई लिन प्रहरी सादा पोसाकमा उनको निवास संखमुल पुगेको थियो । सुनौलो नेपालसँग नेतृ झाँक्रीले आफूलाई घरमै लिन आए मात्र जाने बताएकी थिइन्  । झाँक्री पक्राउ परेपछि  उनका समर्थकले नाराबाजी गरेका छन्। समर्थकले ‘केपी चोर देश छोड’, ‘प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन्।

    राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । 

    नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्, ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’ झाँक्रीले दिएको सो अभिव्यक्ति प्रति निकै आलोचना समेत भएको थियो । यद्यपी उनले भने व्यक्ति र लिंगको नभई पदको आलोचना गरेको बताउँदै आएकी छिन् । 

    मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend