काठमाडौं। प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
स्वास्थ्य उपचारका लागि खनाल शुक्रबार बिहान नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्।
पुर्वप्रधानमन्त्री समेत रहेका खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ भारत गएको उनको सचिवालयले जानकारी दिएको छ। केहि दिनको स्वास्थ्य उपचारपछि खनाल नेपाल फर्किने बताइएको छ।