logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मोहम्मद रिजवानको शतकमा पाकिस्तानद्वारा दक्षिण अफ्रिका पराजित

    मोहम्मद रिजवानको शतकमा पाकिस्तानद्वारा दक्षिण अफ्रिका पराजित

    2.6K
    Shares

    काठमाडौं।  ओपनर मोहम्मद रिजवानको शतकको मद्दतमा पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टि–२० क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ। लाहोरमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ रनले हराएको हो।  

    पाकिस्तानले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६६ रनमात्र बनाउन सक्यो। 

    दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले सानदार पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान दिएपनि जितका लागि भने पर्याप्त भएन। पाकिस्तानका लागि मोहम्मद रिजवानले ६४ बलमा १०४ रनको अभिजित पारी खेले। 

    योसंगै ३ खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend