काठमाडौं। टाइग्रेसलाई १–० ले पराजित गर्दै बायर्न म्युनिखले फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ।
बायर्नको जितमा पाभर्डले ५९ औं मिनेटमा गोल गरे।
रोबर्ट लेवान्डोस्कीको पासमा पाभर्डले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। जितसँगै बायर्नले पछिल्लो ९ महिनामा ६ वटा उपाधि कब्जा गरेको छ।
गत सिजन पनि ३ वटा उपाधि जितेको बायर्नले यसपटक युईएफए सुपर कप, जर्मन सुपर कप र क्लब वर्ल्डकपको उपाधि जितेको हो।