काठमाडाैं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएकाे खेलमा म्यानचेस्टर सिटीले टाेटनह्याममाथि ३–० काे जित निकालेकाे छ ।
याे जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता कायम गरेको छ ।
सिटीका लागि रोड्री र इल्केयी गुण्डोगानले गोल गरे । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा रोड्रीले गोल गरेर सिटीलाई अग्रता दिलाए । यस्तै, गुण्डोगानले ५० र ६६ औँ मिनेटमा गोल गरेका हुन् ।
जितपछि शीर्ष स्थानको सिटीको २३ खेलबाट ५३ अंक भएको छ ।
शनिबार राति नै भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि ३–१ काे जित निकालेकाे छ । लेस्टरका लागि म्याडिसन, भर्डी र बार्नेसले गोल गरे । लिभरपुलका लागि सालहले एक गोल गरे । दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको २४ खेलबाट ४६ अंक भएको छ ।
शनिबार राति नै भएकाे अन्य खेलमा बर्नलीले क्रिष्टल प्यालेसमाथि ३–० काे जित निकाल्दा ब्राइटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।