मंगलबार, चैत्र ५ २०८१

मंगलबार, चैत्र ५ २०८१

मन्त्रीहरू संसदमा उपस्थित नभएपछि सांसद लामाले भनिन् : राजसंस्था पक्षधरको धक्काले मन्त्री गायब भएको हो ?

मन्त्रीहरू संसदमा उपस्थित नभएपछि सांसद लामाले भनिन् : राजसंस्था पक्षधरको धक्काले मन्त्री गायब भएको हो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद विना लामाले मन्त्रीहरूलाई जिम्मेवार बन्न सुझाव दिएकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रीहरू संसद बैठकमा उपस्थित नभएपछि यस्तो बताएकी हुन् ।

उनले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भन्दै प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको ?’

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको मापदण्ड आधार र यथार्थ नबनाई पक्षधरताको आधारमा बाँडफाँड गरेको बुझिएको बताइन् ।

आयोगको स्वीकृति विना युएसएआडीको रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब आधा घण्टा ढिलो सुरु हुँदा पनि बैठकमा मन्त्रीहरू उपस्थित भएका थिएनन् । बैठक सुरु हुना साथ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend