
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । शुक्रबार सुनको भाउ बढेर इतिहासकै उच्च भएको छ ।
आज सुनको भाउले रेकर्ड तोड्दै तोलाको पौने २ लाख रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुन ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिकाले लिएको नयाँ भन्सारदरका कारण यसको असर विश्व सुन बजारमा परेको बताएका छन् । सुनौलो नेपालसँग कुरा गर्दै उनले भने, ‘अहिले अमेरिकाले सुनको सञ्चिती बढाएको, युद्धविराम गर्न रुसले अस्वीकार गर्दा विश्व अर्थतन्त्र अस्थिर बन्दै गएकाले सुनको भाउ उकालो लागेको छ ।’
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९ सय ९१ डलरमा पुगेको छ । केही दिनभित्रै ३ हजार डलर पुग्ने संभावना बढेको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend