
काठमाडौं । युगाण्डाको एन्टेबे मैदानमा जारी वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएको छ । शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।
हङकङले नेपाललाई दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतो २० रन, इन्दु बर्माले १८ रन बनाइन् ।
त्यस्तै, हङकङका मेहक दिप र लाइ विनले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनायो ।
हङकङका लागि शान्जिन शाहजादले ५४ रन बनाइन् । चान का यिङले १६ र यास्मिन दस्वानीले १४ रन बनाइन् ।
नेपालका लागि राजमती ऐरीले ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट, पुजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिए ।
समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेको छ भने फाइनल खेल्ने सम्भावना सकिइसकेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend