काठमाडौं। ओलिभर जिरुड र टिमो वेर्नरको १ / १ गोलको मद्दतमा चेल्सीले न्युक्यासल युनाइटेडलाई हराउँदै इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सी चौंथो स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले गोलअन्तरले हराएको हो।
जिरुडले ३१औं र वेर्नरले ३९औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंक पुगेको छ।