
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नीराजन बम पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
बमले शनिबार मकवानपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डको आलोचना गर्दै कार्यक्रममै फोटो जलाएका थिए ।
उनले कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend