
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको भन्दै सहमतिबमोजिम नै सरकार अघि बढ्ने बताएका हुन् ।
बर्तौलाले कांग्रेस र एमालेबीचमा उच्चस्तरीय समझदारी बनेर सरकार बनेको बताए ।
बर्तौलाले कुनै नेता, कुनै मन्त्रीको विदेश भ्रमणमा जाँदा, कोही व्यक्तिले कुनै स्टाटस लेख्दा सरकार खटपट हुन्छ भन्ने कुरा कसरी भन्न सकिन्छ ? भन्दै प्रश्नसमेत गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend