logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इङ्ल्याण्डमाथि भारतकाे फराकिलाे जित

    इङ्ल्याण्डमाथि भारतकाे फराकिलाे जित

    1.9K
    Shares

    काठमाडाैं । भारतले दोस्रो टेस्टमा इङ्ल्याण्डलाई ३ सय १७ रनको विशाल अन्तरले पराजित गरेको छ । अक्षर पटेलले दोस्रो पारीमा ५ विकेट लिएपछि इङ्ल्याण्ड चौथो दिनको खेलमा मात्र १६४ रनमा समेटिएकाे हाे । टेस्ट डेब्यूमा नै पाँच विकेट लिने उनी भारतको छैटौँ बलर बनेका छन् ।

    इङ्ल्याण्डका लागि दोस्रो पारीमा मोइन अलीले सर्वाधिक ४३ रन तथा कप्तान जो रुटले ३३ रन बनाए । इङ्ल्याण्डका ६ ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।

    भारतका लागि रवीचन्द्रन अश्विनले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।

    भारतले आफ्नो पहिलो पारीमा ३२९ रन तथा इङ्ल्याण्डले आफ्नो पारीमा १३४ रन बनाएको थियो । भारतले दोस्रो पारीमा २८६ रन बनाएको थियो । 

    जितपछि भारतले सिरिजमा १–१ को बराबरी गरेको छ । अब तेस्रो टेस्ट फेब्रुअरी २४ देखि अहमदाबादको मोटेरा स्टेडियमा खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend