
डडेल्धुरा । देशैभरी त्रिवि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचनको सरगर्मि चलिरहेको बेला डडेल्धुरा बहुमुखी क्याम्पस पनि त्यसबाट अलग रहन सकेन । नेपाली कांग्रेस केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएका कारणले पनि मिनि पार्लियामेण्टका रुपमा रहेको विद्यार्थीको चुनाव धेरैको सरोकारको विषय बेनको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सक्षम युवा गौरव ऐरको नेतृत्वमा टिम अगाडी सारेको छ भने प्रतिस्पर्धी भनिएका नेका विपी समर्थक उम्मेदवार गत निर्वाचनमा नेवि संघसँग पराजित मदन बोहरा रहेका छन् । स्वच्छ छवि भएका गौरव निवर्तमान स्ववियुमा सदस्य र नेपाल विद्यार्थी क्याम्पस इकाइ सभापति विद्यार्थी नेताका रुपमा मानिन्छन् । गौरव ऐरले क्याम्पसमा विद्यार्थी राजनीति गर्दै गर्दा विद्यार्थीका हक हितका विषयमा सशक्त अवाज उठाएको क्याम्पसको चौतर्फि विकासका लागि विभिन्न निकायमा पुगेका तथा डडेल्धुरा क्याम्पसलाई नमुना क्याम्पस बनाउन लागि परेका देखिन्छन् ।
डडेल्धुरा बहुमुखी क्याम्पस २०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा विश्वविद्यालयको कुलपती हुँदा त्रिविको इतिहासमा पहिलो पटक एउटा मात्र स्नातक र स्नातकोत्तर आंगिक क्याम्पस डडेल्धुरा शिक्षा क्याम्पसका रुपमा स्थापना गरेका थिए भने क्याम्पसको भौतिक शैक्षिक उन्नतीमा देउवा र देउवा पत्नी डा. आरजु राणा देउवाको महत्वपूर्ण योगदान रहेको पाइन्छ ।
सरकारको ठुलो सहयोग क्याम्पसमा निम्त्याउन नेवि संघको महत्वपूर्ण समन्वय रहेका कारणले पनि नेवि संघका उम्मेदवार ऐर र उनको समुहको जित सुनिश्चित रहेको क्याम्पस सुत्रले बताएको छ ।
भोटर संख्या ५५२ रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा भोलि चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन स्वतन्त्र, धादली रहित निर्भयपूर्वक हुने निर्वाचन समितिले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend