बुधबार, चैत्र ६ २०८१

बुधबार, चैत्र ६ २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा १ लाख ७५ हजार २ सय पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा १ लाख ७५ हजार २ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो।

त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाईलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend