
काठमाडौं । नेपाल प्रहरीको ३१ औं आईजी बनेका नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिन्ह पाएका छन् ।
सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले प्रहरी महानिरीक्षक (आईजी) मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णयसँगै थापाले आज दर्ज्यानी चिन्ह पाएका हुन् । थापाको कमान्डरमा करिब ८० हजार फौज रहने छन् ।
मंगलबार गृह मन्त्रालयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि त्यहा आयोजित समारोहलाई सम्बोधन गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताए ।
प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाए ।
प्रहरी संगठनलाई थप नागरिकमैत्री बनाउन सबैको सहयोग पाउने अपेक्षा रहेको उनले बताए ।
कार्यसम्पादन मुल्याकन मुल्यांकनमा एक नम्बरमा रहेका थापा नेपाल प्रहरीमा बेदाग निस्वार्थी इमान्दार, सहयोगी, स्वच्छ छविका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
थापा आइजीपी बनेसंगै नेपाल प्रहरीका तल्लो तह देखि उपल्लो दर्जाका प्रहरी अधिकृतसम्ममा उत्साह छाएको छ।
८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापाले २०४३ सालमा १६ वर्षको उमेरमा एसएलसी उत्तिर्ण गरेका थिए ।
पढाईमा अब्बल थापाले २०४६ सालमा भक्तपुरबाटै आईए उत्तीर्ण गर्दा भक्तपुर क्याम्पस टपर बनेका थिए ।
सोमबार आइजीपी नियुक्त भएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।
२०६३ भदौ ८ मा डिएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी, २०७९ असार १७ गते डिआइजी र २०७९ चैत ६ गते उनी एआइजीमा बढुवा भएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend