बुधबार, चैत्र ६ २०८१

बुधबार, चैत्र ६ २०८१

राप्रपाले गर्यो आन्दोलनमा जाने घोषणा, अध्यक्ष लिङदेनले नेतृत्व गर्ने

राप्रपाले गर्यो आन्दोलनमा जाने घोषणा, अध्यक्ष लिङदेनले नेतृत्व गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए । आज बसेको कार्यसम्पादन समितिको बैंठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।

दरबारले नबराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसल भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो सडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिन भनिसकेको छु ।’

यद्यपी, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend