logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

    टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

    2.3K
    Shares

    टोकियो । टोकियो ओलम्पिक २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् ।

    टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।
     
    मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उनले गत हप्ता राजीनामा दिएका थिए । 

    खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend