एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले हराएको छ । मंगलबार राती भएको खेलमा किलियन एम्बाप्पेले ह्याट्रिक गोल गरेर पीएसजीलाई जिताउन योगदान गरे ।
उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै मोइस किनले एक गोल गरे । घरेलु मैदान क्याम्प नोउमा भएको खेलको २७ औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए पनि जितका भने दिलाउन सकेनन् ।
पीएसजीको यो जितसँगै अब बार्सिलोनालाई अन्तिम ८ मा पुग्नै मुश्किल देखिएको छ । क्वाटरफाइनल पुग्नका लागि बार्सिलोनाले पीएसजीको मैदानमा कम्तीमा चार गोल गर्नुपर्नेछ । यसअघि बार्सिलोनाले ४-० गोलको नतिजा घरेलु मैदानमा उल्ट्याएको थियो ।