काठमाडौं। अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालत उपस्थित हुँदै छन्।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायधाीशहरु मीन बहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज जोशी र सुशीला कार्की तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएअनुसार प्रधानमन्त्री ओली आज अदालत उपस्थित हुने भएका हुन्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा अदालतमा भण्डारीले गरेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
पूर्व प्रधानन्यायधाीशहरुले भने बुधवार अदालतमा लिखित जवाफ पेश गरिसकेका छन्।