काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १४औं सस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टिमले नलिने भएका छन् । बिहीबार चेन्नाइमा भएको अक्सनमा ४० लाख भारु आफ्नो मूल्य राखेका लामिछानेलाई आइपिएलका आठवटा टिममध्य कसैलेपनि नलिएका हुन् ।
उनी आईपीएलका पछिल्ला तीन संस्करणमा दिल्ली क्यापिटल्समा आबद्द थिए ।
सन् २०१८ देखि तीन सिजन दिल्ली क्यापिटल्समा रहेका सन्दीपले सुरुवाती दुई सिजनमा मैदानमा उत्रने मौका पाएका थिए । २०२० मा आफ्नो टिमले फाइनलसम्मको यात्रा तय गर्दा भने उनले आफ्नो खेल प्रदर्शन गर्ने मौका पाउन सकेका थिएनन् ।
यद्यपी अक्सनको अन्तिम समयमा कुनै टिमले रुची देखाएमा उनी न्यूनतम पारिश्रमिकमा खेल्न पाउने सम्भावना भने जीवितै रहेको छ ।
२० वर्षीय लामिछाने आइपीएल खेल्ने पहिलो र अहिलेसम्मको एक्ला नेपाली खेलाडी हुन् ।