मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

बालुवाटार बैठक : समसामयिक राजनीतिक घटनाबारे छलफल जारी

बालुवाटार बैठक : समसामयिक राजनीतिक घटनाबारे छलफल जारी

काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी छन् ।

सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने यो विषयमा सत्तारुढ दलका नेता नै विभाजित छन् ।

सोही विषयमा आजको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाउँदै संसद अवरोध गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend