प्रधानमन्त्री केपी शर्मा आलीले उपराष्ट्रपतिको मानमर्दन गर्ने अभिब्यक्ति दिएका छन् । शनिबार विराटनगरमा भएको आफू निकटको सभालाई संवोधन गर्ने क्रममा ओलीले सभामुख लाई झगडिया भन्नुका साथै वरीयतामा आफूभन्दा माथि रहेका उपराष्ट्रपतिलाई पनि मानमर्दन गरेका हुन् ।
कार्यक्रममा उपराष्ट्रपतिले सरकारविरुद्द भाषण गर्दै हिँडेको भन्दै उनले भने, उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने, अनि संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाईँदैन… आदि कुराहरु… उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमीबाट आउनुभएको हो अब त कमसेकम चुनाव तिर आउनुस् ।’
यसअघि फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नमस्कार गरेका प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई भने नमस्कार गरेनन् । नमस्कार नगरेकामात्र होइनन् उल्टै उपराष्ट्रपतिले गरेको नमस्कार पनि फर्काएनन् ।
ओलीले विभिन्न कार्यक्रममा नमस्कार गर्नु र तपाईँ हजुर भनेर बोल्नु भनेको नेपालीको संस्कार रहेको बताउने गर्छन् । यसरी सबैलाई संस्कारको ज्ञान बाँड्ने प्रधानमन्त्रीले भने उपराष्ट्रपतिको मानमर्दन गरेका छन् ।
राष्ट्रपतिको मानमर्दन गरेको भन्दै प्रचण्ड–माधव पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न आदेश दिने प्रधानमन्त्री आफैले भने उपराष्ट्रपति संस्थाको गरिमालाई सम्मान गर्न नसकेको देखिन्छ ।
उपराष्ट्रपतिले संवैधानिक निकायमा ओली सरकारले गरेको नियुक्तिप्रति विमति जनाउँदै पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सहभागित जनाउन अस्विकार गरेका थिए ।