logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिन लागेपछि महन्तले दिए अनिष्ट हुने चेतावनी 

    भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिन लागेपछि महन्तले दिए अनिष्ट हुने चेतावनी 

    3.8K
    Shares

    काठमाडौं । आफनो प्रेमीसँग मिलेर श्रीमानसहित परिवारका ७ सदस्यको हत्या कसुरमा भारतमा मृत्युदण्ड दिन लागिएको महिलालाई माफी दिन त्यहाँका एक महन्तले राष्ट्रपतिसँग अपिल गरेको छ।

    उत्तर प्रदेशस्थित अमरोहा जिल्लाको बाबनखेडी गाउँमा सन् २०८८ अप्रिल १५ को रात प्रेमीसँग मिलेर श्रीमानसहित आफ्नो पविारका ७ सदस्यको हत्या गर्ने सबनम नामकी महिलालाई फासीको सजाय दिने निर्णय भएको हो । यो नै भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिन लागिएको हो ।

    २०१९ जुलाईदेखि जेलमा रहेकी उनलाई फासी दिइँदा धार्मिक हिसाबले अनिष्ट आउने चेतावनी दिँदै अयोध्यास्थित तपस्वी शिविरका महन्त परमहंस दासले त्यसो नगर्न भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका छन्।

    महन्त दासले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘हिन्दू शास्त्रमा महिलाको स्थान पुरुषभन्दा धेरै माथि छ । एउटी महिलालाई मृत्युदण्ड दिँदा समाजको भलो हुँदैन, बरु दुर्भाग्य र अनिष्ट आइलाग्छ। यसकारण उनले गरेको अपराध माफी दिन लायक त होइन, तर उनी महिला भएका कारण माफी दिन आवश्यक छ ।’

    हत्यामा संलग्न शबनम र उनका प्रेमी प्रेमी सलीमलाई मृत्युदण्ड दिने फैसला भएको छ । शबनमले आफूलाई माफी दिन भन्दै राष्ट्रपतिसमक्ष गरेको याचना पनि अस्वीकार गरिएको हो । साढे २ वर्षदेखि जेलमा रहेका दुवैलाई मृत्युदण्ड दिने निर्णय भइसकेको भए पनि मिति तोक्न बाँकी छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend