काठमाडाैं । नेकपाको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमन’ विरुद्ध जुत्ता हान्ने कार्यक्रम गरेका छन् ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनविरुद्ध जुत्ता हान्ने कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।