आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

शिक्षा विधेयकबारे कामु प्रधानमन्त्रीको चासो, सरोकारवालासँग छलफल गर्दै

शिक्षा विधेयकबारे कामु प्रधानमन्त्रीको चासो, सरोकारवालासँग छलफल गर्दै

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकको विषयमा छलफल अघि बढाएका छन् ।

शिक्षा विधेयकमा छलफल गर्नका लागि आज दिउँसो ४ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रतिनिधि सभाको शिक्षा समितिका सांसदहरूलाई बोलाएका हुन् । कामु प्रधानमन्त्री सिंहले शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ भन्ने बारे जानकारी लिन लागेका हुन् ।

विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै बुधबारदेखि शिक्षक तथा कर्मचारीहरू राजधानीमा आन्दोलनरत छन् । उनीहरूले ऐन जारी नहुँदासम्म काठमाडौंका सडक नछाड्ने अडान राख्दै आएका छन् । शिक्षा मन्त्रालयले पनि आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहले निभाइरहेका छन् ।

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न सरकारको आग्रह

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend