अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । विश्वमा कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ ।
राष्ट्रलाई सम्बोधन गर्दै बाइडेनले एउटा देशको रुपमा हामी यस्तो कु्रर भाग्य स्वीकार्न नसक्ने बताएका छन् । हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पाँच लाख ७१ जनाको मृत्यु भएको छ ।
ह्वाइट हाउसबाहिर मैनबत्ति बालेर मृतकलाई श्रद्धाञ्जली दिइएको थियो । साथै राष्ट्रपति र उपराष्ट्रपतिले पनि केहीबेर मौन धारण गरेका थिए । हालसम्म २८ मिलियनभन्दा बढी अमेरिकीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राष्ट्रपति बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्ध लड्न आव्हान पनि गरेका छन् ।
राष्ट्रपतिले अघिल्लो पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय ध्वजा आधा झुकाउन आदेश दिएका छन् । महामारीको नियन्त्रणका लागि राष्ट्रपति बाइडेनको नीति पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भिन्नै छ ।