काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले छलफलका लागि आफू पक्षीय सांसदहरुलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष अोलीले पनि आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक आह्वान गरेका छन् ।
मंगलबार साँझ संसद पुन:स्थापना भएको फैसलासँगै सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को बैठक बोलाउन आदेश जारी गरेको छ ।